Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

नेविसंघ रसुवाको अध्यक्षमा कपिल पौडेल सर्वसम्मत चयन

नेविसंघ रसुवाको अध्यक्षमा कपिल पौडेल सर्वसम्मत चयन

  • 1.0K
    SHARES

  • नेविसंघ रसुवाको अध्यक्षमा कपिल पौडेल सर्वसम्मत चयन

    बुटवल,माघ २९ ।

    नेपाल विद्यार्थी संघ रसुवाको १२औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट कपिल पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

    जिल्ला समितिको उपाध्यक्षहरुमा बुद्ध श्रेष्ठ, हस्तबहादुर तामाङ, प्रेम लोप्चन तामाङ, सुशील घिमिरे र अर्जुन घले रहेका छन् ।त्यस्तैगरी सचिवमा डि.बि तामाङ र सहसचिवहरुमा नेमराज तामाङ, सबिन तामाङ, सुन्दर अधिकारी, राकेश देवकोटा, प्रगति तामाङ र मनिषा लामा चयन भएका छन्  ।

    कोषाध्यक्षमा सोजित तामाङ र सह-कोषअध्यक्षमा बालकृष्ण गुरुङ चयन भएका छन् । 

    रसुवामा अधिवेशन गराउने जिम्मा पाएका सालिग्राम सन्तोस अधिकारीले डेढ महिना भित्रै अधिवेशन गराएर रसुवालाई देशभरकै पहिलो अधिवेशन गराउने जिल्लाको घोषणा गरेका छन् ।

    विगत लामो समय देखि हुन नसकेको जिल्ला अधिवेशन प्रमुख अतिथि माननीय ई मोहन आचार्य , विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधि सरोज तिमल्सिनाको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको हो ।

    सालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष कपिल पौडेल तथा अन्य पदाधिकारीहरु सर्वसम्मत चयन भएको नेपाल विद्यार्थी संघका नेता सुशान्त सिटौलाले जानकारी दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology