Logo बिहिवार, आश्विन १ गते २०८३
images

वरिष्ठ चिकित्सक मुडभरीको कोभिड-१९ सङ्क्रमणबाट निधन

वरिष्ठ चिकित्सक मुडभरीको कोभिड-१९ सङ्क्रमणबाट निधन

  • 2.4K
    SHARES

  • वरिष्ठ चिकित्सक मुडभरीको कोभिड-१९ सङ्क्रमणबाट निधन

    बुटवल,मंसिर ७- 

    वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड-१९ सङ्क्रमणबाट निधन भएको छ ।

    पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहनुभएका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो ।

    त्यहाँ उपचारका क्रममा हिजो उहाँको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिनुभयो । राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्याउनुभएका डा मुडभरी ॐ अस्पतालका संस्थापक हुनुहुन्थ्यो ।

    उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । स्व मुडभरीको हिजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology