Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

‘प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध विमानस्थलको रुट मुख्य एजेन्डामा पर्छ’ : संस्कृति मन्त्री सुदन किराँती

‘प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध विमानस्थलको रुट मुख्य एजेन्डामा पर्छ’ : संस्कृति मन्त्री सुदन किराँती

  • 861
    SHARES

  • ‘प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध विमानस्थलको रुट मुख्य एजेन्डामा पर्छ’ :  संस्कृति मन्त्री  सुदन किराँती

    बुटवल ,माघ २२ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आइतबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। शनिबार लुम्बिनी आएका किराँतीले आइतबार चासोपूर्वक विमानस्थलको अवलोकन र निरीक्षण गरेका हुन्। 

    निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले रोकिएको अन्तर्राष्ट्रिय उडान नियमित गराउन प्रधानमन्त्री तहबाट कूटनीतिक पहल गर्ने बताए। 

    मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रूटको एजेन्डा रहने जानकारी दिए। 

    ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणमा गौतमबुद्व विमानस्थल सञ्चालनका लागि रुटको विषय मुख्य एजेन्डामा पर्छ, श्रीलंकाबाट भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छ’, उनले भने। 

    मन्त्रालयका तर्फबाट हल हुने प्राविधिक समस्या तत्काल सम्बोधन हुने उनले बताए।गौतमबुद्ध विमानस्थलबाट तत्काल नेपाल एयर लायन्सको जहाज सञ्चालन गर्न पहल गर्ने किराँतीले बताए।

    उनले अहिले रोकिएको उडान पुनस् सञ्चालन गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने विषय उठेकाले यसलाई भैरहवा ल्याउनेबारे तत्काल पहल थाल्ने उल्लेख गरे। सो अवसरमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यालयहरूबीच समन्वय गरेर अगाडि बढ्दा धेरै समस्या हल हुने बताए।

    मन्त्री भएपछि पहिलोपटक विमानस्थल आएका मन्त्री किराँतीसमक्ष विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रुटका कारण भारतीय आकाश प्रयोग गर्न नपाउँदा उडान रोकिएको भन्दै सञ्चालनका लागि निजी क्षेत्र, स्थानीय सरकार र प्रदेश सरकारसँग पनि छलफल गरिएको बताए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology