Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

चुनाव जित्न ठुलो रकम खर्च गरेकाहरुले विकासको बजेटमा भ्रष्टाचार गरे : दुर्गा पौडल

चुनाव जित्न ठुलो रकम खर्च गरेकाहरुले विकासको बजेटमा भ्रष्टाचार गरे : दुर्गा पौडल

  • 822
    SHARES

  • चुनाव जित्न ठुलो रकम खर्च गरेकाहरुले विकासको बजेटमा भ्रष्टाचार गरे : दुर्गा पौडल

    बुटवल, माघ २१  ।

    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले चुनावले भ्रष्टाचार बढाएको बताएकीछन् चुनाव जित्न ठुलो खर्च गरेकाहरुले विकासको बजेटमा भ्रष्टाचार गर्ने दावी गरिन ।

    राष्ट्रिय जनमोर्चा प्यूठान– रुपन्देही सम्पर्क समितिले शनिबार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भनिन्– भ्रष्टाचारविरुद्व नागरिक आन्दोलन आवश्यक छ ।

    चुनाव जित्न ठूलो धनराशी खर्च गरेकाहरु अहिले त्यही पैसा उठाउन भ्रष्टाचारमा लागेकाले आमनागरिकलाई सचेतहुन नेतृ दुर्गा पौडेलको आग्रह छ ।उनले मुल नीतिको नीति राजनीति बिग्रेकाले देश राजनीतिक रुपले संकटमा  परेको तर्क गरिन् ।देशको आर्थिक अवस्थाले संघीयता धान्न नसक्ने उल्लेख गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न गराएर प्रदेश खारेज गर्नुपर्ने बताइन ।

    लुम्बिनी प्रदेश सांसद तारा थापाले संघीयता र भ्रष्टाचारले देश आर्थिक संकटमा परेको बताउंदै मुलुकको लागि संघीयता असफल भैसकेको बताइन ।

    संघीयता, नागरिकता विद्येयक, एमसीसीका कारण राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप बढेको उनको तर्क छ । राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेलले नेपालको राजनीतिमा अमेरिका हस्तक्षेप बढेको बताए ।केन्द्रिय सदस्य नेता पोखरेलले संसदबाट एमसीसी पास भएसंगै नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको दावी गरे ।

    चीनका विरुद्व लड्न नेपालको भूमि प्रयोगका लागि अमेरिकाले विकासको नाममा एमसीसी संसदबाट पास गराएको उल्लेख गर्दै अब अमेरिका एसपीपी परियोजना पास गराउने दाउमा रहेको दावी उनले बताए ।

    राष्ट्रिय जनमोर्चा प्यूठान– रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्णबहादुर जीसीको अध्यक्षता, शंकर पोखरेलको सञ्चालन र केपी पोखरेलको स्वागतमा कार्यक्रम भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology