Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

मुख्यमन्त्री गिरीको प्रेस संयोजकमा बस्नेत र स्वकीय सचिवमा गिरी नियुक्त

मुख्यमन्त्री गिरीको प्रेस संयोजकमा बस्नेत र स्वकीय सचिवमा गिरी नियुक्त

  • 990
    SHARES

  • मुख्यमन्त्री गिरीको प्रेस संयोजकमा बस्नेत र स्वकीय सचिवमा गिरी नियुक्त

    बुटवल, माघ १८ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रेस संयोजकमा टिका बस्नेत नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री गिरीको प्रेस संयोजकमा बस्नेतलाई नियुक्त गरेको हो ।

    बस्नेत प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेशका सहइञ्चार्ज हुनुहुन्छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बस्नेत दाङका स्थायी बासिन्दा हुनुहुन्छ । मुख्यमन्त्री गिरीले प्रेस चौतारीकै सिफारिसमा बस्नेतलाई प्रेस संयोजक नियुक्त गर्नुभएको हो ।

    यसैगरी स्वकीय सचिवमा अमृत गिरी र एमाले नेता पुष्पराज अधिकारी नियुक्त हुनुभएको छ । गिरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज हुनुहुन्छ ।  यसअघि कृष्ण कुमाल पनि स्वकियमा नियुक्त भैसक्नुभको छ ।5.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology