Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

राष्ट्रपति भण्डारी राजाजस्तै भइन् : सुशिला कार्की 

राष्ट्रपति भण्डारी राजाजस्तै भइन् : सुशिला कार्की 

  • 1.2K
    SHARES

  • राष्ट्रपति भण्डारी राजाजस्तै भइन् : सुशिला कार्की 

    काठमाडौं,माघ १३ ।

    पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको टिप्पणी गरेकी छन्। 

    बिहीबार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानुन समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आमनिर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदन सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

    उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन्। राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरू पनि राजाजस्तै भएको कार्कीको टिप्पणी छ। 

    पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरूको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरू आउनु सकारात्मक भएको बताइन्। राम्रा व्यक्तिहरूलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनको भनाइ छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology