Logo बिहिवार, आश्विन १ गते २०८३
images

सामाजिक रुपान्तरणका लागि शिक्षा महत्वपूर्ण : मुख्यमन्त्री लिला गिरी

सामाजिक रुपान्तरणका लागि शिक्षा महत्वपूर्ण : मुख्यमन्त्री लिला गिरी

  • 3.0K
    SHARES

  • सामाजिक रुपान्तरणका लागि शिक्षा महत्वपूर्ण  : मुख्यमन्त्री लिला  गिरी

    बुटवल,माघ १२ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले देश र समाजको प्रगतिको लागि शिक्षाको गुणस्तर अनिवार्य सर्त रहेको बताउनुभएको छ  ।

    रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार  ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै उहाले समग्र सामाजिक रुपान्तरणका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने र त्यसका लागि शान्ति नमुनाले आगामी दिनमा समेत उदाहरणिय शैक्षिक अवस्थालाई कायम राख्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । 

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, सर्वोच्च अदालतका पूर्व न्यायधिश तेज बहादुर के.सी.लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिनुभएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा  प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरका लागि विद्यार्थी संख्याका आधारमा जनशक्ति तथा पूर्वाधारको अभाव भएको भन्दै राज्यले शिक्षा क्षेत्रमा दायित्व र दायरा बढाउनुपर्नेमा जोेड दिनुभयो ।  

    सम्पादक ज्ञवाली पुरस्कृत :

    santi namuna.jpg

    नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवाली पुरस्कृत हुनुभएको छ । 

    रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार  ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै स्व। फत्त बहादुरर देउमती काउँचा स्मृति पत्रकारिता पुरस्कारबाट ज्ञवालीलाई नगद, दोसल्ला तथा करुवा सहित पुरष्कृत गरिएको हो ।

    उहाँलाई माबिका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी,प्रधानाध्यापक कुल प्रसाद लामिछाने तथा पुरस्कार सेथापना गर्ने स्व. उँचाका परिवारले सम्मान प्रदान गर्नुभयो ।

    गोरखापत्रका समाचारदाता तथा बुद्ध टेलिभिजनका समाचार प्रमुख समेत रहनुभएका ज्ञवालीलाई शान्ति नमुना मावि सहित सामुदायिक विद्यालयहरुको उत्थान र स्तरवृत्तिका लागि पत्रिकारिताको माध्यमबाट गरेको योगदान स्वरुप सम्मान गरिएको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

    ज्ञवाली १६ बर्षदेखि रुपन्देहीमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ ।

    शिक्षक-कर्मचारी सम्मानित :santi namuna mavi.JPG

    वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि योगदान पु¥याउने ३१ जना शिक्षक कर्मचारी, १ जना निवृत शिक्षक, ४ जना विद्यालयका सल्लाहकार , ३ जना विद्यालय व्यवस्थापन समिति सदस्य,  शिक्षक अभिभावक संघका अध्यक्ष, १४ जना उत्कृष्ट अभिभावक र २ जना अक्षयकोषदातालाई सम्मान गरिएको थियो ।

    यस्तै विद्यालयलाई विविध क्षेत्रमा सहयोग गर्ने रिड नेपाल र कामना बैंकलाई सस्थागत सम्मान गरिएको थियो । यसैगरी  विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ४५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने एस.इ.इ. उत्तीर्ण ३ सय ७३ जना र कक्षा १२ उत्तीर्ण ३ सय ८१ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

    यस्तै विभिन्न दाताहरुले स्थापना गरेका ५७ वटा अक्षकोषबाट २ सय ८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो भने सिटिइभिटीतर्फ सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने ३ जना विद्यार्थीलाई  समेत पुरस्कृत गरिएको थियो । यसैगरी इलेक्ट्रिक कार बनाउने विद्यार्थी सुवास क्षेत्री, अन्तर्राष्ट्रिय खेलकूदमा विभिन्न मेडल प्राप्त गर्न सफल ४ जना खेलाडीलाई समेत सम्मान गरिएको थियो ।

    यस्तै, शान्ति नमुनाले आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने रामापुर मा.वि.लाई नगद रु.१० हजार, द्वितीय हुने बुद्ध पब्लिक बोर्डिङलाई नगद रु.७ हजार, तृतीय हुने ग्रिन प्लान्ट बोर्डिङलाइ नगद रु. ५ हजार र प्रोत्साहन स्थान प्राप्त प्यारामाउण्ट बोर्डिङ्लाई नगद रु. ३ हजार, प्रमाणपत्र र मेडल सहित पुरस्कृत गरिएको प्रतियोगिताका संयोजक मोहन पौडेलले जानकारी दिनुभयो ।

    कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अंग्रेजी माध्यम संयोजक दिपेन्द्र कुमार शाक्य, दश जोड दुईका संयोजक राजेन्द्र के.सी. र कक्षा १० का संयोजक शेखर पौडेलले गर्नुभएको थियो ।

    वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले परम्परागत नृत्य, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए भने नृत्य शिक्षक रन्जित भण्डारीले संयोजन गर्नुभएको थियो ।  विद्यालयमा हाल करिव ५५ सय विद्यार्थीहरु अध्ययनरत छन् भने १ सय ७५ जना शिक्षक कर्मचारी कार्यरत छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology