Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानसम्पादक ज्ञवालीलाई २५ हजार राशीको आर्थिक पत्रकारिता पुरस्कार

प्रधानसम्पादक ज्ञवालीलाई २५ हजार राशीको आर्थिक पत्रकारिता पुरस्कार

  • 4.3K
    SHARES

  • प्रधानसम्पादक ज्ञवालीलाई २५ हजार राशीको आर्थिक पत्रकारिता पुरस्कार

    बुटवल,फागुन १०-

    नागरिक अनलाइनका प्रधानसम्पादक कपिल ज्ञवाली आर्थिक पत्रकारिता पुरस्कार-२०७७ बाट सम्मानित भएका छन् ।  बुटवल उद्योग वाणिज्य संघले हरेक वर्ष प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार यसबर्ष ज्ञवालीलाई प्रदान गरिएको हाे ।

    संघले ६७औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशन को अवसरमा सोमबार उनलाई सम्मान गरेको हो । रुपन्देहीको आर्थिक,सामाजिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उद्योग वाणिज्य संघले  २५ हजार १ रुपैँया नगद राशी सहित ज्ञवालीलाइ सम्मान गरेको हो । 

    उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले सम्मान पत्र,नगद राशी र दोसल्लाले सम्मान गरेका हुन् ।  सम्पादक ज्ञवाली डेढ दशकदेखि पत्रकरितामा क्रियाशील छन् ।

    ज्ञवाली बुटवलको बुद्ध सामुदायिक टेलिभिजनका समाचार संयाेजक तथा अनलाइनखबरका बुटवल रिपाेर्टर समेत हुन् । त्यसैगरी संस्थागततर्फ बुटवल टुडे राष्ट्रिय दैनिक सम्मानित भएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology