बुटवल ,माघ ११।
चैत्र ५ गतेलाई स्ववियू निर्वाचनको मिति तोकिएपछि नेपाल बिद्यार्थी संघ रुपन्देहीमा विवाद चर्किएको छ । यहाँका बिभिन्न क्याम्पसका १६ जना इकाइ सभापतिले आफूहरुसंग छलफल नै नगरि जिल्ला नेतृत्व चयनका लागि भन्दै नाम केेन्द्रमा पठाइएको भन्दै आपत्ति जनाएका हुन् ।
उनीहरुले निर्वाचनमा रुपन्देहीमा कांग्रेस शुन्य अवस्थामा पुगेको र नेविसंघलाई पनि साेही अवस्थामा पुर्याउन लागिएको भन्दै आपत्ती जनाएका हुन् । बिना छलफल जिल्ला नेतृत्व चयन हुन नसक्ने उनीहरुको भनाई छ ।
१६ जना इकाइ सभापतिले यहाँका केहि नेताहरुले केन्द्रमा नेविसंघको नाम सिफारिस गरेपछि हस्ताक्षर संकलन नै गरेर साे काम बन्द गर्न र जबर्जस्ति गरेमा आफूहरुलाई मान्य नहुने बताएका छन् ।
बुधबार पार्टी कार्यालयमा भेला भएपछि एक बिज्ञप्ति जारी गर्दै नेविसंघका बिभिन्न क्याम्पसका इकाइ सभापतिहरुले एकलौटी नाम केन्द्रमा पठाइएकोमा नाममा आपत्ती जनाएका हुन् । उनीहरुले जारी गरेको बिज्ञप्तिको बाेधार्थ कांग्रेस लुम्बिनी प्रदेश र रुपन्देही जिल्लालाई समेत पठाएका छन् ।
हेराैँ बिज्ञप्ति :

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)