Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

लुम्बिनीका कांग्रेस सांसदलाई प्रशिक्षण दिइने

लुम्बिनीका कांग्रेस सांसदलाई प्रशिक्षण दिइने

  • 906
    SHARES

  • लुम्बिनीका कांग्रेस सांसदलाई प्रशिक्षण दिइने

    बुटवल,माघ ८ ।

    नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेश सांसद,तथा स्थानीय तहका प्रमुख उप प्रमुखहरूदेखि युवा,तथा विद्यार्थी सम्मलाई प्रशिक्षण दिने निर्णय गरेको छ ।

    पार्टीको  सिद्धान्त,अनुशासन,राजनीतिक एवं सामाजिक विषयमा प्रशिक्षण दिने निर्णय भएको  प्रदेश उपसभापति एवं प्रशिक्षण विभागका संयोजक भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पार्टीका युवा तथा विद्यार्थीलाई समेत राजनीति तथा स्वरोजगारको प्रशिक्षण दिने निर्णय भएको जानकारी दिनुभयो ।

    बैठकमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले जनप्रनिधिहरुलाई सुशासन र उनहरूको क्षमता वृद्धिले पार्टी र राष्ट्रलाई  थप लाभ हुने गरी स्थानीय तहसम्म प्रशिक्षण सञ्चालन गर्न निर्देशन दिनुभयो । बैठकमा प्रदेशका महामन्त्री विक्रम खनाल, कोषाध्यक्ष प्रकाश राना, पार्टी कार्यालय मुख्य सचिव मोहन राज शर्माले प्रशिक्षणले पार्टीलाई थप चलायमान गराउन महत्पूर्ण योगदान दिने गरी योजना बनाएर अगाडि जानुपर्ने बताउनुभयो । 

    बैठकले माघ २० गते सम्म प्रदेशका सबै जिल्लामा प्रशिक्षण विभाग गठन गरी प्रदेशलाई जानकारी दिन निर्देशन दिएको छ । बैठकमा प्रदेशका १२ वटै जिल्लाका उपसभापतिहरूले आफ्नो जिल्लाको पार्टीको अवस्थाबारे रिर्पोटिङ्ग गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology