बुटवल,मंसिर ५ -
पाल्पामा कोरोना संक्रमणबाट पाल्पामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । शुक्रबार थप एक जनाको मृत्यु भएको हाे ।
रामपुर नगरपालिका–५, रामपुरकी ५४ वर्षीय महिलाको उपचारका क्रममा शुक्रबार लुम्विनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । कार्तिक २० गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
रामपुरमै होम आईसोलेशनमा बसेकी महिलालाई बिहीबार स्वास्थ्यमा थप समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि ल्याइएको थियो ।
मधुमेह र उच्च रक्तचापको बिरामी रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)