Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक विदा,सरकारले माघी महोत्सव मनाउने

लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक विदा,सरकारले माघी महोत्सव मनाउने

  • 1.4K
    SHARES

  • लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक विदा,सरकारले माघी महोत्सव मनाउने

    बुटवल,पुस २९ ।

    लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशमा सार्वजनिक विदा समेत दिएको छ । सरकारले माघी महोत्सव मनाउने भएको हाे ।माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना  गरि महोत्सव मनाउन लागेको हो ।

    माघ २ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक विदा समेत दिएको छ । माघे संक्रान्ती-माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रम,  २०७९ लाई विशेष र व्यवस्थित बनाउन मुख्यमन्त्री लिला गिरीले सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

    मुख्यमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा प्रमुख सचिव डा.दिपक काफ्ले र विभिन्न मन्त्रालयका सचिवहरुले मातहतका मन्त्रालयको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

    बैठकमा मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसीको पनि उपस्थिति थियो । मन्त्रालय र मातहतका कार्यालयहरुबाट हुने सेवाप्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन मुख्यमन्त्रीले सचिवहरुलाई निर्देशन दिनुभयो ।

    माघी महोत्वसका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, झाँकीहरुलाई उत्कृष्टताका आधारमा प्रोत्साहन स्वरुप पुरस्कृत समेत गर्नेगरी तयारी भइरहेको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

    महोत्सवका लागि मुल आयोजक समिति, व्यवस्थापन समितिलगायतका समितिहरु समेत गठन गरिएको छ । माघी उत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा २ वटा थारु झाँकी,  २ वटा मगर झाँकी र १-१ वटा गुरुङ्ग र नेवार झाँकीको व्यवस्था मिलाउने, झाँकीको प्रस्तुती गर्ने टोलीलाई प्रति टोली जम्मा २० हजार रकम यातायात खर्च बापत मन्त्रालयले उपलब्ध गराउने गरी तयारी भइरहेको सचिव धमलाले बताउनुभयो ।

    माघ १ गते योग र २ गते भुकम्प सुरक्षा दिवस मनाइने यसैगरी लुम्बिनी प्रदेश सरकारले यहीँ माघ १ गतेका दिन योग दिवस मनाउने भएको छ ।

    योग, बैकल्पिक चिकित्सालगायतको प्रवद्र्धनका लागि प्रदेशमा विभिन्न कार्यक्रम समेत गरिने भएको छ । यसैगरी माघ २ गते नै भुकम्प सूरक्षा दिवस समेत मनाउने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिनुभयो ।bida.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology