Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोनाका कारण दाङ तुलसीपुरका दूई जना पुरुषको मृत्यु

कोरोनाका कारण दाङ तुलसीपुरका दूई जना पुरुषको मृत्यु

  • 2.1K
    SHARES

  • कोरोनाका कारण दाङ तुलसीपुरका दूई जना पुरुषको मृत्यु

    बुटवल,मंसिर ४ -

    दाङ तुलसीपुर उपमाहानगरपालिका वडा नं. ६ का दूई व्यक्तिको एकै दिन कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

    एक जना ५६ बर्षीय र अर्का ८१ बर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा बिहीवार मृत्यु भएको छ ।

    तुलसीपर उपमहानगरपालिका वडा नं. ६  का ८१ बर्षीय पुरुषको विहीवार विहान साढे ३ बजे भेरी अस्पताल नेपालगञ्जमा र तुलसीपुर ६ का ५६ वर्षीय पुरुषको विहीबार बिहान साढे दूई बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा पिसिआर परीक्षणका क्रममा ८१ बर्षीय पुरुषलाई कात्तिक २९ गते संक्रमन पुष्टि भएको थियो भने  ५६ बर्षीय पुरुषलाई कात्तिक २५ गते कोरोना संक्रमन पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।

    ८१ बर्षीय पुरुष संक्रमन पुष्टि भएकै दिन उपचारका लागि भेरी अस्पतला लगिएको थियो भने ५६ बर्षीय पुरुष कात्तिक २५ गते रिपोर्ट आएपछि होम आइसोलेसनमा बसेका थिए ।

    उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि कात्तिक २७ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

    यो संगै बाँकेमा हालसम्म बाँकेमा ७७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाबाट उपचारका लागि पुगेका ४१ जना र  बाँके जिल्लाका थप ३६ जनाको मृत्यु भइ सकेको फोकल पर्सन श्रेष्ठले बताए ।

     बुटवलमा गुल्मीका  एक संक्रमितको मृत्यु :

    यता बुटवलमा गुल्मीका थप एक संक्रमितको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

    कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सोही दिन अस्पताल भर्ना भएका उनको बुधबार राति १२ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २ सय ४० पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology