बुटवल,पुस १८ ।
लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन शुरु भएको छ । दाङ देउखुरीमा अहिले पहिलो बैठक बसिरहेको छ । निर्वाचित सदस्यहरुले आइतबार मात्रै शपथ ग्रहण गरेका थिए ।
बैठकको अध्यक्षता जेष्ठ सदस्यका रुपमा गुल्मीको निर्वाचन क्षेत्र नं २ (१) बाट निर्वाचित ६९ वर्षिय डिल्लीराज भुसालले गरेका छन् ।
अहिले प्रदेश प्रमुख अमिक शेरचनले ५ बर्षमा प्रदेश सरकारले गरेका कामसहित लिखित मन्तब्य राखिरहेका छन् ।
प्रदेशसभाले सभामुख र उपसभामुख चयन नगर्दासम्म भुसालले नै जेष्ठ सदस्यको रुपमा सभाको अध्यक्षता गर्ने प्रदेश सभाले जनाएको छ ।
निर्वाचित प्रदेशसभा सदस्यलाई सबै दलका नेता एवं प्रतिनिधिले शुभकामना व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले नागरिक अनलाइनलाई बताए ।
लुम्बिनी प्रदेशसभामा ८७ सदस्य छन् ।

यी समाचार पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)