Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज

लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज

  • 1.9K
    SHARES

  • लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज

    बुटवल,पुस १८ ।

    लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज देउखुरीमा बस्दै छ । निर्वाचित सदस्यहरुले आइतबार शपथ ग्रहण लिए पछिको पहिलो पटक बैठक बस्न लागेको हो । बैठकको अध्यक्षता जेष्ठ सदस्यका रुपमा गुल्मीको निर्वाचन क्षेत्र नं २ (१) बाट निर्वाचित ६९ वर्षिय डिल्लीराज भुसालले गर्नेछन् ।

    प्रदेशसभाले सभामुख र उपसभामुख चयन नगर्दासम्म भुसालले नै जेष्ठ सदस्यको रुपमा सभाको अध्यक्षता गर्ने प्रदेश सभाले जनाएको छ ।

    आजको बैठकमा प्रदेश प्रमुख शेरचनले बैठक आहृवान सम्बन्धी पत्र पढेर सुनाउने र निर्वाचित प्रदेशसभा सदस्यलाई सबै दलका नेता एवं प्रतिनिधिले शुभकामना व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए ।

    बैठक देउखुरीस्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्दैछ । लुम्बिनी प्रदेशसभामा ८७ सदस्य छन् ।

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology