बुटवल,पुस १६ ।
नेपाल काँगेसका महामन्त्री गगन थापाले हारेपनि समीक्षा गर्दै फेरि तयारमा लाग्न सुझाव दिनुभएकोे छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको १५ औं रोट्रयाक्ट सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उहाँले हारे वा जिते के गर्ने भन्ने विषयमा आफ्नै उदाहरण प्रस्तुत गर्दै संसदीय दलको नेतामा नराम्रोसँग हारेपनि समीक्षा गर्दै पुनः तयारीमा लागेको बताउनुभयो ।
‘जितेमा १० मिनेट खुशी मनाउने,सहयोग पुराउनेलाई सम्झ्ने र अर्काे बाटोको लागि तयारी गर्नूस् ,हार्दा पनि १० मिनेट रुने , १० मिनेट सहयोगीलाई सम्झने , समिक्षा गर्ने र अर्काे १० मिनेट तयारीमा लाग्नुस् ।’ उहाँकोे भनाइ छ ।
हिन्दु धर्म गीतामा भनिए झैं कर्म गर तर फलको आश नगर बनेझैं आफु संसदीय दलको नेतामा उम्मेदवारी दिएर कर्म गरेको तर परिणामको विषयमा चिन्ता नगरेको बताउनुभयो ।
यस्तै उपन्यासकार सुविन भट्टराईले साहित्य लेखनको लागि धेरै पढ्नको लागि आग्रह गर्नुभयो । कार्यक्रममा सहभागिको प्रश्नको जवाफ दिँदै उहाँले रुख काट्नको लागि बञ्चरोको धार उदाए जस्तै लेख्नको लागि पहिले पढ्न आवश्यकता रहेको बताउनु भयो । सम्मेलनमा नेपाल र भुटानका गरी एक हजार प्रतिनिधिको सहभागिता रहेको छ ।
सम्मेलन शनिबार नयाँ नेतृत्व चयन गर्दै समापन हुने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)