Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप १२ जना कोरोना संक्रमितको मृत्यु, १४४२ नयाँ संक्रमित थपिए

थप १२ जना कोरोना संक्रमितको मृत्यु, १४४२ नयाँ संक्रमित थपिए

  • 1.7K
    SHARES

  • थप १२ जना कोरोना संक्रमितको मृत्यु, १४४२ नयाँ संक्रमित थपिए

    बुटवल,मंसिर ३-

    बुधबार कोरोना भाइरसका १४ सय ४२ नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको नयाँ तथ्यांक अनुसार बुधबार ६ हजार ७३१ पीसीआर परीक्षण गर्दा १४ सय ४२ नयाँ संक्रमित थपिएका हुन् ।

    यससँगै हालसम्म कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

    संक्रमित हुनेको तुलनामा निको हुनेको संख्या धेरै रहेको छ । ३ हजार ५३८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।यसैगरी पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    हालसम्म १२ सय ५९ जनाको मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ ।क्वारेन्टाइनमा रहनेको संख्या ९१० रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology