बुटवल,मंसिर ३-
बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत बुटवलका कोरोना संक्रमित एक पुरूषकाे मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुषको आज बिहान ८ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।हो । उनी कार्तिक २६ गते देखि उपचाररत थिए ।
लुम्बिनी प्रदेशिक अस्पताल पुगेका उनीमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिनबाट कोरोना बिशेष अस्पतालमा भर्ना भई उपचाररत थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)