Logo बुधवार, श्रावण १३ गते २०८३
images

राजेन्द्र लिङ्देनले भने-' सरकारमा जाँदैनौं, सरकारलाई समर्थन मात्र गर्छौं'

राजेन्द्र लिङ्देनले भने-' सरकारमा जाँदैनौं, सरकारलाई समर्थन मात्र गर्छौं'

  • 1.0K
    SHARES

  • राजेन्द्र लिङ्देनले भने-' सरकारमा जाँदैनौं, सरकारलाई समर्थन मात्र गर्छौं'

    काठमाडाैं,पुस ११ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तत्कालका लागि सरकारलाई समर्थन मात्र गर्ने भएको छ ।पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई समर्थन गरे पनि राप्रपा अहिल्यै सरकारमा नजाने बताएका हुन् ।

    सत्ता गठबन्धनको बैठकका लागि बानेश्वर पुगेका लिङ्देनले पत्रकारहरूसँग भने, 'हामी अहिले सरकारमा जाँदैनौं, समर्थन मात्र गर्छौं ।'

    यद्यपि राप्रपाले सरकारमा नजाने संस्थागत निर्णय भने गरिसकेको छैन ।'हामीले सरकारलाई समर्थन गरेका छौं, बाँकी निर्णय भएको छैन,' राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, 'शायद अध्यक्षज्यूले पनि त्यही भन्नुभएको होला ।'सरकारमा नजाने बताए पनि लिङ्देन बानेश्वरमा सत्ता गठबन्धनको बैठकमा भने सहभागी छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology