Logo बुधवार, कार्तिक १२ गते २०८३
images

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति, दाहाल-ओलीले पालैपालो चलाउने

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति, दाहाल-ओलीले पालैपालो चलाउने

  • 1.1K
    SHARES

  • प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति, दाहाल-ओलीले पालैपालो चलाउने

    काठमाडौं,पुस १०।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति भएको छ । नेकपा एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको छ । 

    पहिलो साढे २ वर्ष दाहाल प्रधानमन्त्री बन्ने र अर्को साढे २ वर्ष ओली प्रधानमन्त्री बन्ने सहमति जुटेको हो । बालकोटमा जम्मा भएका दलहरुबाट बहुमत जुटेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतको सरकार बनाउन १३८ सिट चाहिन्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२ र जनमत पार्टीको ६ सिट जोड्दा १६२ पुग्छ ।

    राष्ट्रपतिले सरकार बनाउन दलहरुलाई दिएको समय आजै साँझ ५ बजे सकिँदै छ । राष्ट्रपतिले दिएको समयसीमाभित्रै दलहरु दाहाल नेतृत्वमा सरकार बनाउने तयारी गरेसँगै शीतलनिवासले पनि आजै प्रधानमन्त्रीको शपथग्रहण गराउने तयारी गरेको छ ।

    सत्ता गठबन्धनबीच बालुवाटारमा आज बिहानैदेखि छलफल भए पनि सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए । बालुवाटारमा भएको छलफलमा दलहरुबीच आलोपालो सरकार चलाउने सहमति जुटेको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology