Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको संसदीय दलको निर्वाचन हुँदै,आज बिहान १० बजेसम्म मतदान

कांग्रेसको संसदीय दलको निर्वाचन हुँदै,आज बिहान १० बजेसम्म मतदान

  • 1.5K
    SHARES

  • कांग्रेसको संसदीय दलको निर्वाचन हुँदै,आज बिहान १० बजेसम्म मतदान

    काठमाडाैँ,पुस ६ ।

    नेपाली कांग्रेसको संसदीय दलको आज निर्वाचन हुँदैछ । दलको नेता चयन गर्न बिहान ८ देखि १० बजेसम्म मतदान हुने कार्यतालिका छ ।

    दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् ।संस्थापनइतर समूहले महामन्त्री थापालाई साझा उम्मेदवार बनाएसँगै दलको नेताका लागि देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।

    सभापति देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल रहेका छन् भने उपसभापति पूर्णबहादुर खड्का समर्थक रहेका छन् ।थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल रहेका छन् ।Sher-Bahadur-Deuba-and-Gagan-Thapa-Voting.jpg

    कांग्रेस संसदीय दलमा ८९ जना मतदाता रहेका छन् । दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology