Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह

देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह

  • 1.3K
    SHARES

  • देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह

    काठमाडाैँ,पुस ५ ।

    कांग्रेसका महामन्त्री तथा संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले अर्का उम्मेदवार तथा सभापति शेरबहादुर देउवालाई दलको नेताबाट उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

    देउवाले उम्मेदवारी फिर्ता लिए नेपाली कांग्रेसको जीवनमा एतिहासिक निर्णय हुने थापाले दाबी गरेका छन्। ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा जसले भर्खर उम्मेदवारी दर्ता गर्नुभएको छ।

    असिम श्रद्धाका साथ मेरो उहाँलाई आग्रह छ यो बेलामा शान्त मनले, शान्त चित्तले मनन् गरेर उम्मेदवारी फिर्ता लिने कुरा नेपाली कांग्रेसको जीवनमा ऐतिहासिक निर्णय हुनेछ,’संसदीय दलको नेतामा उम्मेदवारी दर्तापछि थापाले भने, ‘यसले कांग्रेस भित्र उत्साहको सन्देश सञ्चार गर्छ। उहाँलाई मनन् गर्न आग्रह गर्छु।’

    को हुन् प्रधानमन्त्रीका दाबेदार गगन थापा ?losar.jpg

    कांग्रेस महामन्त्री गगन थापाले मंसिर ४ गतेको चुनाव अगावै आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए । अहिले संस्थापन बाहेकको समूहमा सर्वसम्मत बन्दै महामन्त्री थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् ।

    कांग्रेसभित्र मात्रै हैन, राजनीतिक वृत्तमै चासो छ, नेपाली राजनीतिका कुटिल खेलाडीसमेत रहेका थापाले आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई पराजित गर्लान् ?

    पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिँदै संसदीय दलको उम्मेदवार बनेका महामन्त्री गगन थापा नेविसंघबाट राजनीतिमा उदाएका हुन् ।

    २०५१ सालमा त्रिचन्द्र क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य निर्वाचित थापा २०५५ सालमा सभापति निर्वाचित भएका थिए । २ हजार ५७ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदै २०५९ मा महामन्त्री बने । लोकतान्त्रिक आन्दोलन उठ्दै गर्दा २०५९ असोज १८ पछि तत्कालीन सरकारले थापालाई राजकाज मुद्दा लगाएको थियो । २०६२-०६३ को आन्दोलनमा गणतन्त्रका पक्षमा खेलेको भूमिकाले थापालाई चर्चित बनायो । अहिले उनले पुस्तान्तरणलाई मुद्दा बनाएका छन् ।

    पार्टीको १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित थापा २०७२ सालको १३ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । गत वर्षको १४ औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका थापा २०६४ सालको संविधान सभामा समानुपातिकबाट सदस्य बनेका थिए। दोस्रो संविधान सभामा काठमाडौं ४ बाट जितेका उनी अहिलेसम्म त्यही क्षेत्रबाट अपराजित छन् । २०७० सालमा उनी स्वास्थ्य मन्त्री बनेका थिए ।

    कांग्रेसको दोस्रो पुस्ताले पार्टीको भविष्य उनैमा देखेको छ । तर संस्थापन पक्षले भने अहिले पार्टीमा परिपक्व र नेतृत्व जोड्ने नेता चाहिएको भन्दै सभापति देउवाकै वकालत गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology