बुटवल,मंसिर १-
रुपन्देहीको सेमराबजारबाट तस्करी गरेर नवलपरासी पुर्याइएका २९ वटा गाइगोरु नियन्त्रणमा लिइएको छ । २० गाइ र ९ गोरु नियन्त्रणमा लिएर कामधेनु गौशाला ल्याएर सुरक्षित राखिएको गोब्रती योगी सोमराजले बताउनुभयो ।
ती गाइगोरुलाइ तस्करले झापा हुदै बंगालादेश पुर्याउन लागेको जानकारी पछि कामधेनु गौशालाका संरक्षक योगी सोमराजले नवलपरासी पुगेर ती एक गाडीसहित सबै गाइबस्तु फिर्ता ल्याइएको बताउनुभयो ।
गाइतिहारकै दिन राती ति बस्तुहरु तस्तकरले बंगालादेश लैजान लागेका थिए । ट्रक र चालक समेत नियन्त्रणमा राखिएकाे छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)