Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पामा कोरोना संक्रमणबाट सोमबार एक पुरुषको मृत्यु

पाल्पामा कोरोना संक्रमणबाट सोमबार एक पुरुषको मृत्यु

  • 1.9K
    SHARES

  • पाल्पामा कोरोना संक्रमणबाट सोमबार एक पुरुषको मृत्यु

    पाल्पा,मंसिर १-

    पाल्पामा कोरोना भाइरस संक्रमणबाट सोमबार थप पुरुषको मृत्यु भएको छ ।

    उपचारका क्रममा पूर्वखोला गाउँपालिका–३, पूर्वखोलाका ५१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । कोरोना भाइरस पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई स्वास्थ्य समस्या बढेपछि थप उपचारका लागि आइतबार काठमाडौ लगिएको थियो ।

    उनको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनमा कडा खालको निमोनिया र कमलपित्तको समस्या थियो । उनको स्थायी ठेगाना पूर्वखोला भएपनि तानसेनमा बस्दै आएका थिए ।

    यो संगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology