Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा थपिए ११ सय ९७ कोरोना संक्रमित,९ जनाको मृत्यु

२४ घण्टामा थपिए ११ सय ९७ कोरोना संक्रमित,९ जनाको मृत्यु

  • 1.7K
    SHARES

  • २४ घण्टामा थपिए ११ सय ९७ कोरोना संक्रमित,९ जनाको मृत्यु

    बुटवल,मंसिर १-

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ सय ९७ जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको छ ।सोमवार भाइटीकाका दिन एक सूचना जारी गर्दै मन्त्रालयले ११ सय ९७ जनामा नयाँ संक्रमण देखिएको जनाएको हो ।

    पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २ हजार ९३४ रहेको छ ।यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या घटेर ३३ हजार ३७९ पुगेको छ ।

    मन्त्रालयले जारी गरेको सूचनामा कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ रहेको छ भने हालसम्म नेपालमा कोरोनाका कारण १२ सय ३० जनाले ज्यान गुमाइसकेका छन् ।

    नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख १० हजार ९७३ रहेको छ । तीमध्ये १ लाख ७६ हजार ३६४ जना निको भइसकेका छन् ।हालसम्म नेपालमा १६ लाख, १३ हजार ९११ को पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology