बाजुरा,मंसिर १८ ।
बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाको भन्दा पाँच हजार ५४१ मत ल्याएर विजयी हुनु भएको हो ।
पाण्डेको ३१ हजार ७८९ मत छ , भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कर्णबहादुर थापाको २६ हजार २४८ मत रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौड्यालले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)