अर्घाखाँची,मंसिर १३ ।
अर्घाखाँचीमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा १९ जना उम्मेद्वारको जमानत जफत भएको छ ।
३ पदमा चुनाव लडेका २५ जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने प्रदेश सभा (क) र (ख) का ५/५ जना र प्रतिनिधि सभाका ९ जना गरी १९ उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले बताउनुभयाे ।
अर्घाखाँचीमा ६ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मात्र आफ्नो जमानत सुरक्षित गर्न सकेका छन् ।
सदर मतको १० प्रतिशत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ। प्रतिनिधि सभा तर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा कानुनअनुसार धरौटीबापत १० हजार रुपैयाँ जम्मा गरेका हुन्छन् ।अर्घाखाँचीमा १ लाख ६४ हजार ७ सय ६८ मतदातामध्ये ९० हजार ९ सय ८९ मत खसेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)