Logo बुधवार, कार्तिक १२ गते २०८३
images

बिक्रम सिंह थापा भन्छन्-‘झिनो मतले चुनाव हारेँ,तर जनताको मन भने जितेको छु ’

बिक्रम सिंह थापा भन्छन्-‘झिनो मतले चुनाव हारेँ,तर जनताको मन भने जितेको छु ’

  • 6.8K
    SHARES

  • बिक्रम सिंह थापा भन्छन्-‘झिनो मतले चुनाव हारेँ,तर जनताको मन भने जितेको छु ’

    बुटबल १२ मङ्सिर ।

    कपिलबस्तु २(१) प्रदेशका लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार बिक्रम सिंह थापाले झिनो मतान्तरले चुनाव हारेपनि छोटो समयमा कपिलबस्तुवासीको मन जित्न भने सफल भएको वताएका छन।

    सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आगामी दिनमा पनि रणनीतिका साथ अघि बढ्ने र कपिलबस्तुवासीको यस्तै माया,प्रेम,सद्भाव र स्नेह प्राप्त भैरहने अपेक्षा राखेको समेत बताए।“ प्राबिधिक रुपमा झिनो मतले चुनावमा पराजित भएपनि छोटो समयमा म तपाईहरुको मनमा बस्न सफल भएको छु” सामाजीक सञ्जालमा लामो लेख प्रकाशित गर्दै थापाले भनेका छन।
    आफनो निर्वाचन क्षेत्रमा बुथगतवा वडागत वाकसबाट  मतगणनाको नयाँ परिपाटी बसालेर यस क्षेत्रमा पहिले देखीचल्दै आएको मतदातालाई प्रलोभनमा पार्ने ठेकेदारी प्रथालाई उजागर गरिदिएको उनको भनाई छ। “ यसवाट पार्टी भित्रका छद्मभेषी ठेकेदारहरुको मुखडा उजागर भएको छ ”उनले थप अगाडी भनेका छन– “काग्रेसप्रति गरेको गद्धारी ,घिनलाग्दो खेल र द्वैध चरित्र उदाङ्गो भएको छ”।

    काग्रेसका कर्मशीलकार्यकर्ताहरुले गद्धारहरुलाई  पहिचानगर्ने मौका पाएको उनको भनाई छ । मत गणनाको यो विधिले आगामी दिनमा सकारत्मक नतिजा दिने उनले बताए । उक्तप्रदेश क्षेत्रमा नेपाली काँग्रेसको लुम्विनी प्रदेश कार्यसमिति सदस्यका रुपमा पार्टीको नीति निर्देशन वमोजीम अघि बढ्ने बताउँदै थापाले  कपिलवस्तुको बुद्धभूमी  र महाराजगञ्ज क्षेत्रको विकासका लागी क्रियाशील रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन।


    प्रहरी सेवामा रहँदा अव्वल अधिकृतका रुपमा कहलीएका थापा प्रहरीको सर्वोत्कृष्ट सम्मान पूर्ण शान्ति पुरस्कारवाट पुरस्कृत व्यक्तीत्व हुन । प्रहरी सेवामा रहँदा पनि कपिलबस्तुवासी सोझा,सिधा,दुःखीजनको सेवामा समर्पित रहेको उनको भनाई छ।

    काँग्रेसजस्तो गौरवशाली ईतिहास वोकेको पार्टीको तर्फबाट उम्मेदवार बन्न पाएकोमा गौरव गर्दै थापाले पार्टी प्रति कृतज्ञता व्यक्त गरेका छन। चुनाबमा अहोरात्र खट्ने गठबन्धन दलका कार्यकर्ता,मतदाता,सुरक्षाकर्मी सबैप्रंति थापाले आभार प्रकट गरेका छन।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology