बागलुङ, मङ्सिर १२।
बागलुङ निर्वाचित क्षेत्र नं. १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराम सुबेदी विजयी हुनुभएको छ । उहाँले १३ हजार ३७९ मत प्राप्त गर्नुभएको छ ।
सुबेदीको निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार नवराज पौडेलले सात हजार २५९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार गोविन्द्र सापकोटाले ६३० र मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार सहवीर थापाले २५५ मत ल्याउनुभएको छ ।
बागलुङ निर्वाचित क्षेत्र नं. २ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार दीर्णकुमार कुवँर १२ हजार ४२१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
कुवँरका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवरा लक्ष्मण पुन मगरले आठ हजार ६८० मत ल्याउनुभएको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले ३४१ मत प्राप्त गर्नुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)