Logo बुधवार, कार्तिक १२ गते २०८३
images

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

  • 999
    SHARES

  • अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

    कौरव खत्री/गुल्मी, १२ मंसिर ।

    गुल्मीका गान्धीप्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी)को अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

    अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी)को अध्यक्षमा भट्टराई सर्वसम्मत रुपमा चयन भएका हुन् ।

    त्यस्तै अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी)कार्य समितिको उपाध्यक्ष सुधीर शाक्य,कुसुम पोखरेल,सचिव तिलक पोखरेल,कोषाध्यक्ष अर्जुन ढकाल,सह–कोषाध्यक्ष अनन्त पौडेल चयन भएका छन् ।

    त्यस्तै कार्य समिति सदस्यहरुमा मनोज घिमिरे,दिपक आचार्य,भीम न्यौपाने,सुमिता मल्ल भण्डारी,ज्योति सिंखडा चयन भएका छन् ।

    त्यस्तै आइतबार अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी)को साधारण सभापछिको पहिलो कार्य समिति बैठकले  सह सचिवमा आत्मा रिजाल र कार्य समितिसदस्यहरुमा  कल्पना बस्याल,टोनु घोठाने,नारायण ज्ञवालीलाई मनोनित गरिएको अध्यक्ष भट्टराईले बताउनु भयो ।

    गुल्मीको गुल्मी चन्द्रकोट गाँउपालिका वडा नं. ८ तुराङ्ग स्थायी घर भई हाल अष्ट्रेलियाको मेलबर्नमा विगत पन्ध्र देखि रोजगारीको शिलशिलमा कार्यरत रहेका भट्टराई पछिल्ला केही बर्ष यता निरन्तर सामाजिक कर्ममा सक्रिय रुपमा  काम गदै आइरहेका छन् ।

    त्सस्तै अध्यक्ष भट्टराईले अष्ट्रेलियामा नेपालीहरुको कला,संस्कृतिको जर्गेना र संरक्षण एंवम् प्रर्वद्धन गदै यसको प्रचार प्रसारमा ठूलो योगदान पु¥याउदै आएका भट्टराई विभिन्न संघ संस्थामा आवद्ध भई विभिन्न पद र नेतृत्व गदै सामाजिक क्षेत्रमा अनुकरणीय कार्य गदै आएका छन् ।

    साथै अध्यक्ष भट्टराईले भने,भावी दिनमा अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र(एएनएमसी)संस्थाको गर्विलो इतिहासलाई जोगाएर नेपालीको मौलिक पहिचानलाई अझ शसक्त,बलियो बनाउदै एकताबद्ध र अष्ट्रेलियामा रहेका सबै नेपालीहरुले गर्व महसुस गर्ने खालको कर्ममा आफू निरन्तर लागि पर्ने अध्यक्ष भट्टराईले बताउनु भयो ।

    साथै यस भन्दा अगाडी नेपाली सामुदायिक केन्द्र प्रालिले सन् २००८ देखि मन्दिर र सामुदायिक केन्द्र निर्माण गर्न एक सय जना व्यक्तिहरु मिलेर मेलबर्नको दक्षिण पूर्वी क्षेत्रमा सामुदायिक केन्द्र र मन्दिरका लागि कोष संकलन गरेर सन् २०१४ मा अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र(एएनएमसी) स्थापना गरि सन् २०१५ मा नेपाली सामुदायिक केन्द्र प्रालिको पचहत्तर अष्ट्रेलियन डलर हस्तान्तरण गरि सदस्यता प्राप्त लिई हाल अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र(एएनएमसी)मा आवद्ध भएर निरन्तर सामजिक सेवा विकासमा सहयोग पु¥याउदै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology