Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

इलाम क्षेत्र २ एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ निर्वाचित

इलाम क्षेत्र २ एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ निर्वाचित

  • 1.3K
    SHARES

  • इलाम क्षेत्र २ एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ निर्वाचित

    इलाम,मङसिर ११ ।

    इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ निर्वाचित हुनुभएको छ । उहाँ पाँचौं पटक विजयी बन्नु भएको हो । यस पटक नेम्वाङ ३० हजार २० मत प्राप्त गर्दै विजयी बन्नुभयो ।

    नेम्वाङका निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याउनुभयो । नेम्वाङ जम्मा ११४ मतको अन्तरले खड्कालाई पराजित गर्नुभयो । 

    नेम्बाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी बन्नुभएको थियो । यस्तै २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा पनि इलाम क्षेत्र नं २ बाटै विजयी हुनुभएको थियो । २०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य समेत बन्नुभएको थियो । 

    एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बन्नुभएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत हुनुभयो । सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत हुनुभएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology