Logo बुधवार, कार्तिक १२ गते २०८३
images

स्याङ्जा १ मा नेपाली कांग्रेसका राजु थापा विजयी

स्याङ्जा १ मा नेपाली कांग्रेसका राजु थापा विजयी

  • 1.4K
    SHARES

  • स्याङ्जा १ मा नेपाली कांग्रेसका राजु थापा विजयी

    स्याङ्जा,मंसिर ९ ।

    स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गर्दै थापा विजयी भएका हुन् ।

    पराजित मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गर्दा राजुले ३१ हजार ९ सय ९९ मत प्राप्त गरेका थिए । राजु संविधानसभा सदस्य हुन् ।

    २०७० को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा १ बाट यिनै मरासिनीलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका थिए ।

    २०७४ को निर्वाचनमा पनि राजु र नारायण आमनेसामने भए । पालोको पैँचो तिर्दै थापालाई हराएर मरासिनी विजयी भएका थिए । मरासिनी र थापा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि लगातार तेस्रोपटक प्रतिस्पर्धी भए ।

    यसपटक भने मरासिनीले जित हाँसिल गर्न सकेनन् । ७० हजार ९ सय १३ मतमा २ हजार ३ सय १९ मत बदर भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology