बुटवल,मंसिर ९ ।
रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (१)बाट लुम्बिनी प्रदेशसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार आशिषकुमार चौधरी निर्वाचित भएका छन् ।
चौधरीले कांग्रेसका उम्मेदवार विश्वनाथ यादवलाई पराजित गरेका हुन् । लुम्बिनी प्रदेशसभाको यो निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार यादवलाई राप्रपाका ३ हजार १ सय ३४ मतान्तरले पराजित गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार राप्रपाका चौधरीले १७ हजार ७ सय ८५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका यादवले १४ हजार ६ सय ५१ मत ल्याएका छन ।
यो प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सरोजसिंह चौधरीले ६ हजार १ सय ४३ मत ल्याएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)