बुटवल,कार्तिक २९-
आइकोन युथ एनिमल एनिमल (IYA) ले कुकुर तिहारको अवसरमा सडकका कुकुरहरूलाई उपचार गरेको छ । बुटवल ११ रामनगरमा सडक कुकुरहरूलाई रेबिज भ्याक्सिन ,खाना खुनाउने, घाइते कुकुरहरुको उपचार समेत गरेको हो ।
सडकका बेवारिसे कुकुरहरुलाई खाना तथा रेविज विरुद्धकाे भ्याक्सिन वितरण ,घाइते कुकुरलाई उपचार गरको संस्थाका सस्थापक अध्यक्ष सुरुची खड्का बताइन् ।
कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष सुरुची खड्का, उपाध्यक्ष राजन गौडेल ,सचिब शंकर पाण्डेय ,सहसचिव मा हेमा पुरी , सुनिता श्रीस , सह- कोषध्यक्षमा मधु पौडेल ,गिता कुवर सदस्य दिपेश राज नेपाल ,सल्लाहाकार गोपाल पाण्डे,राजेश गैर जयप्रकाश भट्टराई ,भेट सल्लाहाकार केशव लम्साल,सन्दीप पौडेलको उपस्थिती रहेको संस्थाका सचिब शंकर पाण्डेयले जानकारी दिए ।

साथै कोहि मनकारी व्यक्ति यस अभियानमा जोडिन चाहेमा वा सडकमा कुनै घाइते असाहय कुकुर देखेमा आफुहरुलाई सम्पर्क गर्न अभियान्ता राजन गौडेलले सबैलाई अनुरोध गरे ।
यो अभियान बुटवल १३ जितगढीबाट सुरु गरि,बेल्वास , बुटवल -२, मैनाबगर ,बुटवल- ११ रामनगरसम्म पुगेकाे हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)