नवलपुर,मंसिर ८।
पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा.शशांक कोइराला निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणनाअनुसार कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)