Logo बुधवार, कार्तिक १२ गते २०८३
images

मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी

मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी

  • 1.5K
    SHARES

  • मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी

    मकवानपुर,मंसिर ८ ।

    मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंह २७ हजार आठ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

    नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’भन्दा दुई हजार तीन सय ९३ बढी मत प्राप्त गरी राप्रपाका उम्मेदवार सिंह विजयी हुनुभएको हो ।

    नेपाली कांग्रेसकी उम्मेदवार उपाध्यायले २५ हजार चार सय २३ मत प्राप्त गर्दा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)को चुनाव चिह्न सूर्यबाट निर्वाचनमा भाग लिएका कमल थापाले २५ हजार चार सय २० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सो निर्वाचन क्षेत्रमा ९१ हजार एक सय १५ मत खसेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology