Logo बिहिवार, आश्विन १ गते २०८३
images

पुजारी हत्या आरोपमा नवलपरासीबाट भारतीय नागरिक मौर्य पक्राउ

पुजारी हत्या आरोपमा नवलपरासीबाट भारतीय नागरिक मौर्य पक्राउ

  • 2.7K
    SHARES

  • पुजारी हत्या आरोपमा नवलपरासीबाट भारतीय नागरिक मौर्य पक्राउ

    बुटवल,कार्तिक २९-

    नवलपरासीको सुस्ता गाउँपालिकामा यसअघि पुजारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।प्रहरीले नवलपरासीको प्रतापपुरबाट भारतीय नागरिक २१ वर्षीय धनञ्जय मौर्यलाई पक्राउ गरेको हो।

    पक्राउ परेका उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। 

    यसअघि गत कात्तिक ९ गते दिउँसो ३ बजे  सुस्ता गाउँपालिका वडा नं. ४ पश्चिम टाँडीमा ७२ वर्षीय पुजारी महँगु केवट मृत अवस्थामा फेला परेका थिए। धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। 

    मृतकको छोरीबाट अभियुक्त मौर्यको पहिचानका आधारमा पक्राउ गर्न सफलता मिलेको प्रहरीले जनाएको छ। मौर्यले मौखिक वयानबाट पुजारीको हत्या स्वीकार गरेको प्रहरीको दावी छ। 

    नवलपरासी पश्चिमको सुस्तामा हनुमान मन्दिरका ७५ बर्षिय पुजारी महगु केवटको हत्या

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology