बुटवल,मङसिर ८ ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट नेपाली कांग्रेसका वसीउद्दीन खाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवलाई पराजित पार्दै खाँ विजयी हुनुभएको हो । उहाँले ११ हजार ३ सय ५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मोहनलाल यादवले ८ हजार २ सय ६५ मत पाउनुभयो ।
त्यस्तै जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाएका निर्वाचन अधिकारी देवेन्द्र आचार्यले जानकारी दिनुभयो । खाँ बिस २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसबाटै निर्वाचित भइ लुम्बिनी प्रदेशको शिक्षा मन्त्री समेत बन्नुभएको थियो ।
क्षेत्र नम्बर ४ (१) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कन्हैया बनिया विजयी हुनुभएको छ । पाँचमा एमालेका बासुदेव घिमिरे बिजयी हुनुभएको छ ।
अब रुपन्देहीका चार वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)