बुटवल,कात्तिक २९-
२०७८ सालमा हुन लागेको राष्ट्रिय जनगणनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाइ सहभागि हुन अपील गरिएकाे छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको साझा संस्था ब्लु डायमण्ड सोसाईटिले यसमा उत्साह जनक रुपमा सहभागीता जनाउनको लागि आग्रह गरेको हाे ।
हाल सम्मका जनगणनामा लैंगीक तथा अल्प संख्यक समुदायको समुदायको गणना नहुदै आएको परिपेक्षयमा २०७८ सालमा हुन लागेको राष्ट्रिय जनगणनामा पहिलो पटक लैंगिक तथा अल्प संख्यक समुदायको गणना हुन लागेको हो ।
विगता लामो समयको प्रयास पछि पहिलो पटक समावेश हुन लागेको लैंगिक तथा अल्पसंख्यक समुदायको गणनामा विना लाज, डर, विना खुल्ला रुपमा सहभागीता भई यथार्थ विवरण दिनको लागि ब्लुडायमण्ड सोसाईटीले आग्रह गरेको छ ।
बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी सोसाईटिकी केन्द्रीय अध्यक्ष पिंकी गुरुङ्गले हाल सम्मको ईतिहासमा लैगिंक तथा अल्पसंख्यक समुदायको गणना हुन नसकेको अवस्थामा यो नयाँ अवसर समेत रहेको कारण समुदायबाट प्रतिनिधित्व गर्ने जो कोहीले पनि उत्साहजनक रुपमा सहभागीता जनाउन आग्रह गरिन् ।
एक्लोलाई साहरा दिने वृक्ष समुह र ब्लु डायमण्ड सोसाईटिको आयोजना र ओपन फाउण्डेसनको सहयोगमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै समुहकी अध्यक्ष अस्मिता रानाले अव समाजमा लुकेर भन्दा पनि खुलेर आफ्नो हक अधिकारको लागि बोल्ने बेला आएको बताईन ।
उनले कोभिड १९ को कारण हाल लैंगिक तथा अल्प संख्यक समुहदायको मानिसहरु बेरोजगार हुनुको साथै प्रभावित भएको समयमा फाउडेसनको सहयोगमा रुपन्देहीमा करिव २ सय ५० जना लाई राहत समेत वितरण गरिएको जानकारीदिईन ।
ओपनफाउण्डेसन लुम्बिनी प्रदेश संयोजक रेमश न्यौपानेका अनुसार लैंगिक तथा अल्पसंख्या समुदायको यथार्थ विवरण नहुँदा विभिन्न क्रियाकलपामा समस्या भएको करण २०७८ सालमा हुने जनगणनामा यथार्थ विवरण पेश गर्नको लागि समेत आग्रह गरिएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)