Logo बुधवार, कार्तिक १२ गते २०८३
images

कपिलवस्तु-३ को मतगणना सुरु

कपिलवस्तु-३ को मतगणना सुरु

  • 1.3K
    SHARES

  • कपिलवस्तु-३ को मतगणना सुरु

    कपिलवस्तु,मंसिर ५ । 
    कपिलवस्तुको क्षेत्र न ३ मा मतगणना सुरु भएको छ । प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको मत गणना सुरु भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताउनुभयो ।

    पहिलो ४ पेटिका खुलेको जसमध्ये  उदयपुर वडा कार्यलय, भलवारि ,धर्माशाला गणेशपुर  र कृषि सामाग्री केन्द्र बहादुरगन्ज मत गणन सुरु भएको छ ।  मतगणना साढे ११ बजे बाट सुरु भएको जनाइएको छ ।

    प्रतिनिधि तर्फ सत्त गठबन्धनबात अभिषेक प्रताप शाह, नेकपा एमाले बाट मंगल गुप्ता,जनता प्रगतिशील पार्टी बाट इश्वर दयाल मिश्र, राप्रपा बाट प्रकाश रजौरिया बिचा प्रतिस्पर्धा रहेको जनाइएको छ ।

    कपिलवस्तु क्षेत्र नं ३ मा कुल १ सय ४६ मतदान केन्द्र रहेको थियो । मतदान स्थल  ७२ स्थल रहेको तोकिएको छ । क्षेत्र नं ३ मा कुल १ लाख १५ हजार ५ सय  ४३ मतदाता संख्या रहेको छ ।  पुरुष ६२ हजार २सय २२ रहेका छन भने  महिला ५३ हजार ३ सय २१ रहेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology