बुटवल,मंसिर ४ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल सडक डिभिजन केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेयले निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताए ।
‘यो निर्वाचनले लोकतन्त्र र संविधानको जगलाई अरू बलियो बनाउछ, उनले भने-संघीयतालाई मजबुत बनाउनका लागि यसले भूमिका खेल्छ।’
उनले निर्वाचनले मुलुकलाई समृद्धि तर्फ अघि बढाउनेमा विश्वास व्यक्त गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)