Logo बुधवार, कार्तिक १२ गते २०८३
images

‘ नो नट अगेन‘ भन्दै बुटवलमा कोणसभा

‘ नो नट अगेन‘ भन्दै बुटवलमा कोणसभा

  • 1.0K
    SHARES

  • ‘ नो नट अगेन‘ भन्दै बुटवलमा कोणसभा

    बुटवल,कात्तिक ३० ।

    बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आसन्न मंसिर ४ को निर्वाचनमा एक पटक चुनाव जितिसकेका पुराना नेताहरुलाई स –सम्मान बिदाई गर्दै नयाँ अनुहारहरुलाई जिताउनु पर्ने कुरामा जोड दिएका छन् ।

    सचेत नागरिक अभियान रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको नो नट अगेन कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै अभियान्ता महेन्द्र पाण्डेयले रुपन्देहीको क्षेत्र नं २ को हकमा पटक–पटक चुनाव जितिसकेका नेताहरुलाई जिताइराख्नु अब आवश्यक नरहेको बताए । अब युवाहरु देशको परिवर्तन चाहाने भएकाले परिवर्तनका लागि पुराना नेताहरुबाट संभव नभएको समेत धारणा व्यक्त गरे ।

    सोही क्रममा युवा अभियान्ता प्रेम थापाले परिक्षण भईसकेका नेताहरु जो असक्षम सावित भइसकेका छन् उनीहरुलाई फेरी जिताउनुको कुनै अर्थ नरहेको बताएका छन् । उनले बुटवलका जनताले यसपटक मत जाहेर गर्दा सोचेर जाहेर गर्न अपिल समेत गरेका छन् । अहिलेका मतदाता सचेत भइसकेकाले आसन्न मंसिर ४ को निर्वाचनमा रुपन्देहीका मतदाताले सक्षम र योग्य उम्मेद्वार चयन गर्नेमा आफु विश्वस्त रहेको उनको भनाई थियो ।

    कार्यक्रमका अर्का वक्ता शुशि पुलामीले रुपन्देही क्षेत्र नं २ बाट तीन–तीन पटक चुनाव जितिसकेका पूर्वअर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलप्रति लक्ष्यित गर्दै उनका भष्टाचार काण्डले सिङ्गो बुटवलबासी जनताको राष्ट्रिय रुपमा नै शिर निहुरिएको बताए । ‘बुटवलबाट जिताएर पठाइएको नेता विष्णु पौडेलको बालुवाटार जग्गा काण्ड, सुकुम्वासी काण्ड, राजधानीका काण्ड लगायतका कुराले हाम्रो शिर निहुरिएको छ ।’ शुशीले भनिन् ।

    सोही क्रममा स्वस्फुर्त सहभागी भएर बोलेका स्थानिय विष्णु प्रसाद पौडेलले नेताहरुले देश विक्रीमा राखेको आरोप लगाए । फेरी पनि पुराना नेताहरुलाई जिताएर पठाउने हो भने देश फिजी बनाउने उनको धारणा थियो । त्यसैले यसपटक सक्षम नयाँ अनुहार चयन गर्नुपर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology