बुटवल, कार्तिक २४।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ (२) का प्रदेश सभाका उम्मेदवार फकरुद्दीन खाँनले लुम्विनीको एकीकृत विकासका लागि आफ्नो उम्मेदवारी रहेको वताउनु भएको छ । वर्षौदेखि लुम्विनीको विकास कछुवा गतिमा भैरहेको र लुम्विनीको समग्र गुरुयोजना पूरा गर्न आफू विजयीभए केहीवर्षमै लुम्विनीको मुहार फेर्ने दावी उम्मेदवार खाँनले गर्नुभयो ।
चुनावीप्रचार प्रसारको क्रममा लुम्विनीका विभिन्न स्थानमा घरदैलो गर्दै खाँले समग्र मधेशको विकासका लागि नेपाली कांग्रेसमात्र एक पार्टी भएको दावीगर्नुभयो । उहाँले भन्नुभयो– दीगो भिजन भएको पार्टी नेपाली कांग्रेस हो, कांग्रेसले मात्रै मधेश र यहाँकाजनताको समस्या समाधानगर्न सक्ने भएकोले कांग्रेसको चुनावचिन्ह रुखमामतदानगर्नुहोस ।
लुम्विनीको विकास केवल भवन वनाएर मात्र संभवन भएको र त्यसका लागि आफू विजयी भए बृहद गुरुयोजना सहितको एकीकृत विकास गर्ने दावीगर्दै खाँले लुम्विनी क्षेत्रमाअझैपनि सडक, विजुली, शिक्षा र संचारको विकास हुननसकेकोले आफ्नोे उम्मेदवारी रहेको ठोकुवागर्नुभयो ।
खाँले मधेशको विकास र मुद्दा अन्य कुनैपनि पार्टीले समाधान गर्न नसकेकोले आफू नेपाली कांग्रेसको उम्मेदवारको हैसियतले जनताकै वीचमा गएर समग्र आफ्नो क्षेत्रको विकासका लागि मतदिनुपर्ने बताउनु भयो ।
२८ वर्षको युवा अवस्थावाट राजनीतिमाप्रवेश गरेका खाँ यसअघि २०७४ सालको प्रदेश सभाको निर्वाचनमायहीँकामतदाताले भोट दिएर जिताएको र आफूले पूूरा गर्न नसकेका विकासकाअधुरा काम पूरा गर्न दोहारिएर उमेदवारी दिएको उल्लेख गर्नुभयो ।
आर्थिक मुद्दामा अवयुवाहरु समाहितभएकोले नेपालीकांग्रेसको बहुमतको सरकार वनेमा संविधान संशोधनसहित मधेशकाबाँकी एजेण्डा सम्वोधनहुने उल्लेख गर्नुभयो ।
चुनावी प्रसारको क्रममा क्षेत्र नं. ५ का विभिन्न स्थानमापुगीसक्नु भएकाकांग्रेस उम्मेदवार खाँआफ्नो क्षेत्रमा रहेको करिव ५५ हजार मतदाताकावीचमापुगेर अवकांग्रेसका उम्मेदवारलाई जिताउनआग्रहगर्ने र कांग्रेसले जित सुनिश्चित रहेको दावी समेत गर्नुभयो ।
स्थानीयलुम्विनीकामतदाताले लुम्विनीविकास कोषको वाहिरी क्षेत्रमाअझैपनिहिउँदमाधुलाम्मे र वर्षामाहिलाम्मे अवस्थाका कारण जनताले दुःखपाएको वताउँदै अहिले फेरी कांग्रेसका युवा नेता फकरुद्दिन खाँउम्मेदवार भएको र उहाँले विगतमा धेरै विकास गरेको र फेरी पनिगर्ने प्रतिवद्धता गरेकोले उहाँलाई जिताउनु पर्ने बताएका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)