Logo बिहिवार, आश्विन १ गते २०८३
images

खोटाङमा आगलागी हुँदा साढे १० लाख वरावरको क्षति

खोटाङमा आगलागी हुँदा साढे १० लाख वरावरको क्षति

  • 2.4K
    SHARES

  • खोटाङमा आगलागी हुँदा साढे १० लाख वरावरको क्षति

    खोटाङ,कात्तिक २७-

    खोटाङमा आगलागी हुँदा साँढे १० लाख वरावरको क्षति भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगोलागी हुँदा भैंसी र बाख्रा जलेर मरेका छन् ।

    बुधबार राति स्थानीय घनश्याम फुयाँलको गोठबाट सुरु भएको आगोले एउटा ब्याउने भैंसी र तीन वटा बाख्रा जले । आगोले जल्दा अरु बस्तुभाउ घाइते भएका छन ।

    गोठ तथा गोठसँगै रहेको मतान, पशु तथा चौपाय, मतानमा स्टोर गरेर राखिएको काठ लगायत जल्दा करिब साँढे १० लाख बराबरको क्षति भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो ।

    भैंसी बाँधेर राखिएको ठाउँबाट आगो सुरु भएको थियो । यद्यपी आगोलागीको कारण खुल्न सकेको छैन ।

    जस्ताको छाना भएकोले घर भने जोगाइएको वडाध्यक्ष शिव फुयाँलले सुनाउनुभयो । वर्ष दिनअघि मात्र विद्युत सर्ट भएर माणिकलाल प्रधानको घरमा आगोलागी हुँदा सोही घरमा रहेको फुयालको स्टेशनरी पसल पूर्णरुपमा जलेको थियो ।

    गत मंसिर ३० गते भएको आगलागीमा फुयाँलको १५ लाख बराबरको क्षति भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology