Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा २ हजार ५ सय ६९ जना कोरोना संक्रमित थपिए,कहाँ कति भेटिए ?

२४ घण्टामा २ हजार ५ सय ६९ जना कोरोना संक्रमित थपिए,कहाँ कति भेटिए ?

  • 3.1K
    SHARES

  • २४ घण्टामा २ हजार ५ सय ६९ जना कोरोना संक्रमित थपिए,कहाँ कति भेटिए ?

    बुटवल,कात्तिक २६- 

    नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ५ सय ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ को इलाममा ४, उदयपुरमा १७, खोटाङमा १, झापामा ९८, ताप्लेजुङमा ५, धनकुटामा १, पाँचथरमा २०, भोजपुरमा ३, मोरङमा १ सय ६८, संखुवासभामा ८, सोलुखुम्बुमा ३ र सुनसरीमा १ सय १८ जनामा कोरोना भेटिएको छ।  

    प्रदेश २ को धुनषामा १८, पर्सामा ५, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ७, सप्तरीमा १२, सर्लाहीमा ५ र सिरहामा १६ जनामा कोरोना पाइएको छ। 

    बागमती प्रदेशको काठमाडौंमा मात्र ९ सय ७६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५५, चितवनमा १५, दोलखामा १५, धादिङमा ९, नुवाकोटमा ४१, भक्तपुरमा ८१, मकवानपुरमा ३७, रामेछापमा ९, ललितपुरमा २ सय ४, सिन्धुलीमा ५ र सिन्धुपाल्चोकमा १८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय ३०, गोरखामा १७, तनहुँमा १८, नवलपरासी पूर्वमा ५, पर्वतमा १६, लमजुङमा १, वागलुङमा २२ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ। 

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २२, कपिलवस्तुमा ४, गुल्मीमा ८, दाङमा १ सय ५, नलवपरासीमा १४, पाल्पामा ३१, प्यूठानमा ५, बर्दियामा १०, बाँकेमा १७, रोल्पामा ९ र रुपन्देहीमा ७३ जनामा कोरोना पाइएको छ। 

    यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा २, जुम्लामा ४, डोल्पामा १, दैलेखमा ६, सल्यानमा ७ र सुर्खेतमा २ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिमको कञ्चनपुरमा ८, कैलालीमा २९, डडेल्धुरामा २, डोटीमा १६ र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology