Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

स्वतन्त्र नागरिक समूह नेपालद्वारा निर्वाचन बहिस्कार गर्ने घोषणा

स्वतन्त्र नागरिक समूह नेपालद्वारा निर्वाचन बहिस्कार गर्ने घोषणा

  • 1.6K
    SHARES

  • स्वतन्त्र नागरिक समूह नेपालद्वारा निर्वाचन बहिस्कार गर्ने घोषणा

    बुटवल,कार्तिक १९।

    स्वतन्त्र नागरिक समूह नेपालले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । संविधानका केही विषयमा असहमति भएकाले निर्वाचनलाई शान्तिपूर्ण बहिस्कार गर्ने उक्त समूहले शनिबार बुटवलमा पत्रकार सम्मेलनमार्फत साे जानकारी गराएको हो ।

    समूहका अध्यक्ष विश्वराज गैरेले धर्मनिरपेक्षता गलत बाटोबाट ल्याइएको, संघीयता विदेशीको इशारामा लादिएको भन्दै संविधान संशोधनका लागि दबाव दिन चुनाव बहिस्कार गर्न लागेको बताए ।

    ३६ जिल्लामा स्वतन्त्र नागरिक समूहको संगठन सञ्जाल रहेको समूहका महासचिव टोपबहादुर केसीको भनाइ छ । उनले निर्वाचन शान्तिपूर्ण बहिस्कार गर्न आब्हान गर्ने र कुनै ताेडफाेडमा नउत्रिने प्रष्ट पारे ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology