Logo बुधवार, कार्तिक १२ गते २०८३
images

एमाले नेतृ कोमल वलीको चुनावी प्रचारमा स्कुले विद्यार्थीको प्रयाेग !

एमाले नेतृ कोमल वलीको चुनावी प्रचारमा स्कुले विद्यार्थीको प्रयाेग !

  • 1.1K
    SHARES

  • एमाले नेतृ कोमल वलीको चुनावी प्रचारमा स्कुले विद्यार्थीको प्रयाेग !

     दाङ, कार्तिक१८।

    दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वलीले चुनावी प्रचारमा स्कुलका विद्यार्थीलाई प्रयाेग गरेकी छन् ।

    निर्वाचन आचारसंहिता विपरीत उनले विद्यार्थीलाई राखेर चुनावी भेला गरेकी छिन् ।साे चुनावी भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।एमालेकी उम्मेदवार वलीसहित दाङ ३ ‘ख’ का उम्मेदवार हुकुम बस्नेतले आफ्नो चुनावी अभियानका क्रममा केहीदिन अघि दाङको एक विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकहरुलाई राखेर भेला गरेका थिए ।

    सामाजिक सञ्जालमा भाइरल भएको उक्त तस्वीर दाङको बबई गाउँपालिका– १ गँगटेस्थित सरस्वती जनता माविको हो । तस्वीरमा उम्मेदवार वलीले स्कुलका विद्यार्थीलाई राखेर भेला गरेकी छिन् । जहाँ विद्यार्थीले हातमा चुनावी प्रचारका सामग्री समाएको देखिन्छ ।

    उम्मेदवार वली र बस्नेतले विद्यार्थीलाई चुनावी प्रचार सामाग्रीसमेत बाँडेका थिए । सुरुमा विद्यार्थीसँगको  उत्त  फोटो कोमल वलीको सचिवालयले नै फेसबुकमा सार्वजनिक गरेको थियो । तर केही समयपछि उत्त फोटो हटाएको थियो ।

    यसबारे बुझ्न खोज्दा विद्यालयका प्रधानाध्यापक नरेन्द्र साहुले उक्त तस्विर कार्तिक १५ गतेको भएको बताए । उनले सामाजिक सञ्जालमा भाइरल भएको तस्विर चुनावी भेला नभएको बताए । ‘चुनावी प्रचारका क्रममा उहाँहरु गाउँमा आउनुभएको रहेछ’ उनले भने, ‘दिउँसो खाजा खाने समय भएकाले विद्यार्थीसँग सानो भेला गर्नुभएको हो ।’

    निर्वाचन आचारसंहिताले भने चुनावी भेला र प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गर्न रोक लगाएको छ ।  चुनावको प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा वलीको आलोचना भइरहेको छ।  यसबारे बुझ्न खोज्दा उम्मेदवार वली सम्पर्कमा आइनन् ।

    komal oli.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology