Logo बुधवार, कार्तिक १२ गते २०८३
images

गृहजिल्ला डडेलधुराको चुनावी अभियानमा व्यस्त प्रधानमन्त्री देउवा

गृहजिल्ला डडेलधुराको चुनावी अभियानमा व्यस्त प्रधानमन्त्री देउवा

  • 1.5K
    SHARES

  • गृहजिल्ला डडेलधुराको चुनावी अभियानमा व्यस्त प्रधानमन्त्री देउवा

    काठमाडौं,कार्तिक १८ ।

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा छन्। निर्वाचन आयोगले तोकेअनुसार बिहीबारदेखि चुनाव प्रचार सुरु भएको छ। 

    देउवाले बिहीबार डडेलधुरा सदरमुकाम अमरगढी बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गरे। नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराका अनुसार शुक्रबार देउवा २ वटा चुनावी सभामा सहभागी हुनेछन्। 

    शुक्रबार देउवा नवदुर्गा गाउँपालिकाको बेलापुर र गृहपालिका गन्यापधुरा गाउँपालिकाको बडालमा आयोजना हुने चुनावी सभामा सहभागी हुनेछन्। 

    देउवा कात्तिक २० गते आइतबारसम्म गृहजिल्लाका चुनावी सभामा सहभागी हुने जनाइएको छ। शनिबार देउवा भागेश्वर गाउँपालिका र अजयमेयर गाउँपालिकाका चुनावी सभामा सहभागी हुनेछन्।

    यस्तै, आइतबार आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा हुने चुनावी सभामा सहभागी हुनेछन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology