Logo बुधवार, कार्तिक १२ गते २०८३
images

राजनीतिक दलले आजबाट आधिकारिकरुपमा शुरु गरे आमसभा तथा घरदैलाे

राजनीतिक दलले आजबाट आधिकारिकरुपमा शुरु गरे आमसभा तथा घरदैलाे

  • 1.9K
    SHARES

  • राजनीतिक दलले आजबाट आधिकारिकरुपमा शुरु गरे आमसभा तथा घरदैलाे

    बुटवल, कात्तिक १७ ।

    राजनीतिक दलले कात्तिक १७ गते बिहीबारदेखि आमसभा, कोणसभा तथा जुलुस शुरु गरेका छन् । राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर बिहीबारदेखि नै सञ्चारमाध्यममा प्रचारप्रसारसमेत प्रकाशन र प्रसारण गराउन पाउने छन् । 

    निर्वाचन आचारसंहिताले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदानको दिनभन्दा १७ दिन अघिदेखि मात्रै जुलुस, कोणसभा तथा आमसभा गर्न पाउने व्यवस्था गरिएको छ । 

    निर्वाचन आयोगले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एउटा प्रक्रिया पार गरी बिहीबारदेखि निर्वाचन प्रचारप्रसार कार्यक्रम अर्को प्रक्रियामा रूपान्तरित भएको बताउनुभयो । उम्मेदवारले मतदातालाई प्रलोभनमा पार्ने गरी बोल्न नहुने तर घोषणापत्रमा उल्लेख गर्न पाउने सम्बन्धमा प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “घोषणापत्रमा उल्लेख भएका विषयवस्तु उम्मेदवारले भाषणका क्रममा बोल्दा हुन्छ ।”

    आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ७१ जना व्यक्ति तथा संस्थालाई स्पष्टीकरण मागेको छ । प्रमुख आयुक्त थपलियाले हालसम्म स्पष्टीकरण मागिएका सबैको कारबाही प्रक्रिया कात्तिक २५ गतेभित्र टुुङ्गिने बताउनुभयो । 

    राजनीतिक दलले आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि गरिने खर्च मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने आयोगले जनाएको छ । उम्मेदवारले गर्ने खर्चको अनुगमन र सूक्ष्म अध्ययन गर्न गृह मन्त्रालयलाई आग्रह गरेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो । रुपन्देहीमा दलहरु आजबाट घरदैलाे अभियानमा जुटेका छन् ।

     

    rupandehi 2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology