बुटवल, कार्तिक १२ ।
कांग्रेसले सुत्केरी भत्ता ५ हजार पुर्याउने घोषणा गरेको छ ।शनिबार सार्वजनिक कांग्रेसको चुनावी घोषणापत्रमा बृहत् लक्ष्य नाम दिएर कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरु ल्याउने उल्लेख छ । जहाँ सुत्केरी भत्ता ५ हजार पुर्याउने घोषणा गरिएको छ ।
चालु आर्थिक बर्षबाटै सरकारले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिँदै आएको छ ।
घोषणापत्रमा ३/७३ को नारा दिँदै कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरू ल्याउने घोषणा गरिएको छ । तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने भन्दै कांग्रेसले ३/७३ को नारा दिएको हो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)